एनआरएनएका एनसीसी पदाधिकारीहरूको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
एनआरएनएका एनसीसी पदाधिकारीहरूको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), गैरआवासीय नेपाली संघ (NRNA) तथा स्विस सरकारको सहकार्यमा MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो।

कार्यशालामा खाडी मुलुक (GCC) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार तथा मलेसियालगायतका देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो। कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती तथा एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्यालगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का राष्ट्रिय संयोजक रोनी धौभाडेल र सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तीनदिने कार्यशालामा संस्थागत नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता तथा संस्थागत सुशासनका विषयमा प्रशिक्षण र छलफल गरिएको थियो। साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, उनीहरूको उद्धार, संरक्षण तथा सहयोगका विषयमा समेत विशेष छलफल भएको थियो।

कार्यशालाको समापन अवसरमा सहभागी एनसीसी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यशालामा सहभागी एनआरएनए एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्याले विभिन्न देशका एनसीसी पदाधिकारीहरूसँग अनुभव आदानप्रदान तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले विश्वभर रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप बलियो बनाउनुका साथै एनआरएनए अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यशालाले विभिन्न देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत कार्यक्षमता अभिवृद्धि गर्नुका साथै अनुभव आदानप्रदान र अन्तरदेशीय समन्वय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने