गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) South Sudan का तर्फबाट विश्वभर रहेका NRNA का सक्रिय अभियन्ता, उदार मनका सहयोगी तथा नेपाली समुदायका समर्पित समर्थकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
विश्वभर छरिएर रहेका नेपालीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव कायम राख्दै नेपाली समुदायको हित, प्रगति र पहिचानलाई सुदृढ बनाउन यहाँहरूले पुर्याउँदै आउनुभएको अमूल्य योगदानप्रति म हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु।
आगामी दिनहरूमा पनि यही सकारात्मक भावना, सहयोग र एकताले विश्वभर रहेका नेपाली समुदायलाई अझ सशक्त र संगठित बनाउँदै लैजाओस् भन्ने कामना गर्दछु।