अष्ट्रेलियामा स्थापित नेपाली अष्ट्रेलियन प्रजातान्त्रिक मञ्च (NADF) ले आफ्नो २५औं वार्षिकोत्सव (Silver Jubilee Celebration) भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको विशेष सत्रमा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्मा र सह–महामन्त्री भिष्मराज आङदेम्बे विशेष अतिथिका रूपमा उपस्थित रहे।
यस अवसरमा संस्थाको स्थापना देखिका उपलब्धिहरू, समुदायमा पु-याएको योगदान, र अष्ट्रेलियास्थित नेपाली समुदायबीच एकता तथा सहकार्य सुदृढ गर्न संस्थाको भूमिका बारे छलफल गरिएको थियो।
“Building Community with Unity” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको NADF ले विगत २५ वर्षदेखि सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएको छ।