निबर्तमान माननीय सांसद एकनाथ ढकालज्यूले हार्दिक स्वागत व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना प्रकट गर्नुभएको छ। उहाँले DRC एशिया खड्का लालसिंह सर तथा श्री भविन्द्र बस्नेतज्यूलाई प्राप्त भएको यस महत्वपूर्ण सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्नुभएको छ।
एनआरएनएको आगामी दुई वर्षे कार्यकाल सफल, फलदायी तथा उपलब्धिमूलक रहोस् भन्ने कामना व्यक्त गर्दै उहाँले संगठनको सुदृढीकरणमा नेतृत्व, समर्पण र दूरदृष्टिको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। साथै, विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै साझा उद्देश्यतर्फ अघि बढाउन वर्तमान नेतृत्व सक्षम रहने उहाँको धारणा रहेको छ।
उहाँले व्यक्त गर्नुभएको यस शुभेच्छा सन्देशले समग्र टिमलाई थप प्रेरणा, उत्साह र जिम्मेवारीबोधका साथ कार्य गर्न उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।