सांग्रिला ऊर्जाको वार्षिक साधारण सभा सम्पन्न
सांग्रिला ऊर्जाको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँः सांग्रिला ऊर्जा लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। यही पुस १२ गते शनिबार कम्पनीले संयुक्त पहिलो तथा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा रूपान्तरण भएपछिको यो पहिलो र दोस्रो वार्षिक साधारण सभा हो। समारोहका बीच सांग्रिला ऊर्जा लिमिटेडका कार्यकारी अध्यक्ष किशोर सुवेदीले सभाको उद्घाटन गरेका थिए। वार्षिक साधारण सभामार्फत कम्पनीले आगामी दिनमा पनि सेयरधनीहरूको राय, सल्लाह र सुझावअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सांग्रिला ऊर्जा लिमिटेड हाल ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना निर्माण कार्यमा संलग्न रहेको छ।

वार्षिक साधारण सभामार्फत सांग्रिला ऊर्जा लिमिटेडको नयाँ सञ्चालक समिति चयन गरिएको छ। सभाबाट सबै सञ्चालक समिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

सभामा बोल्ने अतिथिहरूले कम्पनीका गतिविधिहरूको प्रशंसा गर्दै जलविद्युत् परियोजनामार्फत देशको विकासमा योगदान पुर्‍याइरहेको कम्पनीको भूमिकालाई महत्वपूर्ण बताएका थिए।

कार्यकारी अध्यक्ष किशोर सुवेदीले सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदनसहित लेखा परीक्षण प्रतिवेदन पनि सभाबाट पारित गरिएको छ।

साधारण सभामा सेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, सञ्चालकहरूले जलविद्युत् परियोजना निर्माणमार्फत देश विकासमा कम्पनी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


News Source: https://www.nepalclicks.com/details/122866