काठमाडौँमा नवरस संगीत पाठशाला वार्षिकोत्सव : NRNA प्रतिनिधिको उपस्थिति सहित विद्यार्थी सम्मान
काठमाडौँमा नवरस संगीत पाठशाला वार्षिकोत्सव : NRNA प्रतिनिधिको उपस्थिति सहित विद्यार्थी सम्मान

काठमाडौँमा आयोजित नवरस संगीत पाठशालाको ९औँ वार्षिकोत्सव तथा २०८१ सालको एस.ई.ई. परीक्षा उत्तीर्ण विद्यार्थीहरूको सम्मान कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुँदा अत्यन्त खुसी र गौरवान्वित महसुस भयो। कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदिप बिष्ट तथा विशिष्ट अतिथि अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठको प्रेरणादायी उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। कला, संस्कृति र शिक्षाको माध्यमबाट समाज रूपान्तरण र राष्ट्र निर्माणमा योगदान पुर्‍याउनुपर्ने विषयमा उहाँहरूले व्यक्त गर्नुभएको धारणा निकै प्रेरणादायी रह्यो।

गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण सुडानका अध्यक्षको भूमिकामा कार्यक्रममा सहभागी भई मेहनती, अनुशासित तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्ने अवसर प्राप्त भयो। विद्यार्थीहरूको सफलता परिवार, समाज र राष्ट्रकै गौरव भएकाले उनीहरूलाई निरन्तर अध्ययन, सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धितर्फ अग्रसर हुन आग्रह गर्दछु। यस्ता सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वासका साथ आगामी दिनमा पनि यस्ता अभियानहरूसँग सहकार्य र सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्दछु।