फिनेको अध्यक्षमा गोकर्ण ढकाल निर्वाचित
फिनेको अध्यक्षमा गोकर्ण ढकाल निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को अध्यक्षमा हङकङका युवा उद्यमी गोकर्णप्रसाद ढकाल निर्वाचित भएका छन्।

महासंघको दोश्रो अधिवेशनले यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा शमिम अन्वर, उपाध्यक्षमा प्रकाश थापा, डिला खरेल, पुर्ण पोखरिया, प्रदिप न्यौपाने, शम्भु कँडेल र उषा गुरुङ, महासचिवमा दिपेन घले, सचिवमा धर्म अधिकारी र कोषाध्यक्षमा ओम ज्ञवाली चयन गरेको छ ।

यस्तै अफ्रिका क्षेत्रको अध्यक्षमा रामप्रसाद पाध्य, युरोप क्षेत्रको अध्यक्षमा देवेन्द्र कार्की, मध्यपूर्व क्षेत्रको अध्यक्षमा विष्णुलाल श्रेष्ठ र ओसेनिया क्षेत्रको अध्यक्षमा उमेश खड्का निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा मनिषा डंगोल श्रेष्ठ, एमके रमेश पौडेल, रजनिश भट्टराई, विकास दाहाल, अमर सापकोटा, रोशन बुढाथोकी, निराजन भण्डारी, शिव श्रेष्ठ, भिमलाल गैरे, सुर्य श्रेष्ठ, विवेक पौडेल र दिपेशमान शाक्य चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष ढकालले विश्वभर छरिएका नेपाली युवा उद्यमीहरूबिच सहकार्य, मार्गदर्शन र अवसरहरूको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरूलाई सशक्त बनाउँदै जाने प्रतिवद्धता व्यक्त गरेका थिए। फिनेको नेपालमा पनि बागमती र गण्डकीमा शाखा विस्तार भइसकेको छ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित फिनेको भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा १५ देशका प्रतिनिधिहरु सहभागि थिए।